Sunday, July 14, 2013

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigW492wPpwqoMAwGnnfmO28aPGmseKncnxi5yWPBqYngq0ThDDDzHLoEuXJVIqcuRppN751VyJSJn1qjXwQZCElxhg5Hyd4f5gdOJaePwVybpsxzlt2WaPXzQaaK2EmQZWPWF0wEkGmIw/s670/aaaaaaaaaaa.jpghttps://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigW492wPpwqoMAwGnnfmO28aPGmseKncnxi5yWPBqYngq0ThDDDzHLoEuXJVIqcuRppN751VyJSJn1qjXwQZCElxhg5Hyd4f5gdOJaePwVybpsxzlt2WaPXzQaaK2EmQZWPWF0wEkGmIw/s670/aaaaaaaaaaa.jpg
एमाओवादी नेताले एक करोड घुस मागे 14 2 काठमाण्डौ ३० असार / काठमाण्डौ महानगरपालिका र साइडवाकर्स टे«डर्स प्रा.लि. वीच गत चैत ५ गते ऐतिहासिक वसन्तपुर र सुन्धारा क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न गरिएको संझौता तुहाउन एमाओवादीका केन्दीय सदस्य सर्वोत्तमदास डंगोल र मानवअधिकारवादी तथा जातीय भेष द्धेष फैलाउदै आएका मल्ल के सुन्दर जोडतोडले लागिपरेका छन । सार्वजनिक निजी साझेदारी (पिपिपि) कार्यक्रम यो लागि मुलुककै नमूना साइडवाकर्सलाई संरक्षणको जिम्मेवारी महानगरले लिएको हो । उसले २०६१ देखि धरहराको जिम्मेवारी लिई आएको छ। तर पछिल्लो पटक सम्मानित सर्वोच्च अदालतको वि.सं. २०६७ माघ ४० को निर्देशनात्मक आदेश परिपालनार्थ विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरवारक्षेत्रसंग जोडेर धरहराको पनि विश्वव्यापी प्रचार प्रसार गर्न महानगरले साइडवाकर्स संग संझौता गरेको थियो । अहिले सो संझौताको विरोधमा डंगोल र मल्लले भाडाकामान्छे जम्मा गरेर विरोध गरिरहेका छन् । स्रोतका अनुसारकाठमाण्डौ महानगरमा एमाओवादीका तर्फवाट दलित संयन्त्रको प्रतिनिधी रहेका डंगोलले संझौता कार्यान्वयन गराउने भए एक करोड दिनुपर्ने माग राखेका थिए । तर साइडवाकर्सले उक्त रकम दिन नसक्ने बताएपछि डंगोलले संझौता कार्यान्वय गराउन नदिने सार्वजनिक रुपमै बताउँदै आएका थिए । राष्ट्रिय सभागृहमा ३० असारमा (आज) काठमाण्डौ महानगरपालिका बजेट सार्वजनिक गर्ने कार्यक्रममा आफू भित्र वसेर डंगोलले वाहिर ज्यालादारि सम्पदा प्रेमीको हुल जम्मा गरी संझौता रद्ध गराउन खेताला लगाएका हुन्। जुलुसको नेतृत्व मल्ल के सुन्दरले गरेका थिए । उता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने संझौता तत्काल कार्यान्वयन गराउन पत्राचार गरेको छ भने सम्मानित सर्वोच्च अदालतले पनि फैसला कार्यान्वयन गराउन सरकारलाई यसअघि नै पत्राचार गरिसकेको छ । - See more at: http://www.khabarpati.com/2013/07/1-cores-corruption.html#sthash.IHh93KH0.dpuf

खबरपाटी: एमाओवादी नेताले एक करोड घुस मागे

खबरपाटी: एमाओवादी नेताले एक करोड घुस मागे