Tuesday, July 16, 2013

एक जना कृषक बेच्छन् दैनिक २५,००० अण्डा

 64  1 
 
  0
(0 votes)
एक जना कृषक बेच्छन् दैनिक २५,००० अण्डा
तुलसीपुर—देशमा कृषि क्षेत्रको अथाह सम्भावना हुँदाहुँदै पनि त्यसतर्फ ध्यान नदिई विदेश जान मरिहत्ते गर्नेहरूलाई दाङका एक कृषकले गतिलो सन्देश दिन खोज्नु भएको छ। कृषि प्रधान देश भनिए पनि यसको सही सदुपयोगका लागि राज्यतर्फबाट पनि प्रोत्साहन नहुनु तथा कृषिमा नयाँ पुस्ताको विकर्षण बढ्दै जाँदा कृषिको सम्भावना पछि धकेलिएको अवस्थामा दाङ देउखुरीका एकजना कृषकले अत्याधुनिक कुखुरा फर्म सञ्चालन गरेर धेरै युवाहरूलाई गतिलो सन्देश दिएका हुन्।
Laptop Bag with every nagarik
दाङ देउखुरीका श्रीधर वलीले अहिले मध्यपश्चिममा पहिलोपटक अत्याधुनिक कुखुरापालन गरेर राम्रो अम्दानी गरी विदेश पलायन हुने युवाहरूलाई गतिलो जवाफ दिएका छन्। उनको कुखुरा फर्ममा अहिले करिब ३० हजार कुखुरा अत्याधुनिक प्रविधिबाट पालिएका छन्। उनले रु दुई करोडको लगानी लगाएर आधुनिक कुखुरापालन सुरु गरेका छन्।

तीस हजार कुखुरा तीन वटा अत्याधुनिक खोरमा राखिएका छन् भने दैनिक १८ हजार अन्डा उत्पादन हुने गरेका छन्। ती कुखुराबाट १८ देखि २० महिनासम्म अन्डा उत्पादन हुने गरेको वलीले बताए।राप्तीमा अहिलेको बजार माग दैनिक ४० हजारभन्दा बढी अन्डा माग रहेकोमा उनले मात्र दैनिक १८ हजारदेखि २५ हजारभन्दा बढी अन्डा बिक्री वितरण गर्दै आएको पनि जानकारी दिए।

जिल्लाको सोनपुर गाविस– ५ टिकलीगढमा अत्याधुनिक कुखुरापालन गरी वली अहिले त्यहाँको सफल कृषि उद्यमीको रुपमा परिचित हुन सफल भएका छन्। मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमै एकमात्र अत्याधुनिक ठूलो व्यवसायको रुपमा कुखुरापालन गरेका वलीले ३० बढी स्थानीय युवालाई रोजगारी पनि दिएका छन्।
- See more at: http://nagariknews.com/economy/agriculture/story/4016#sthash.69QZXuLW.dpuf

No comments:

Post a Comment